Sajha Post
चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुन्छ : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुने बताएका छन् ।

दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारसँग उनले बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको बताए ।

हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ ।

nepatop

मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक छ । यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डोर्‍याउनेछ’ उनले भने ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update