शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

कर्णालीका मुख्यमन्त्री कंडेल आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कंडेल आज विश्वासको मत लिँदै

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    कर्णालीका मुख्यमन्त्री कंडेल आज विश्वासको मत लिँदै
    images

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ ।मुख्यमन्त्री कंडेलले  विश्वासको मत लिन  दिउँसो तीन बजे प्रदेश सभाको बैठक बोलाइएको छ । 


    images
    images

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्दा पनि मुख्यमन्त्री कंडेलले विश्वासको मत पाउँछन् ।

     नेकपा एमालेका कंडेल गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकार पूर्ण हुन सकेको छैन । मुख्यमन्त्री कंडेलले बुधबार मात्रै नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

    बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको बैठकले मन्त्रालय भागबण्डा भने टुंगो लगाएको थियो । बैठकमा भएको सहमतिअनुसार नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय पाउने छ ।

    यस्तै माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाउने छ ।

    प्रतिक्रिया हरु
    थप समाचार