शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले जितेकोमा ओली असन्तुष्ट, भन्छन: मामुली कुरा हो, प्रोत्साहन गर्न आवश्यक छैन

राष्ट्रिय स्वतन्त्र पार्टीले जितेकोमा ओली असन्तुष्ट, भन्छन: मामुली कुरा हो, प्रोत्साहन गर्न आवश्यक छैन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको टिप्पणी गरेका छन ।  बिहीबार झापामा पत्रकारहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको निर्वाचन परिणामबारे सोधेको प्रश्नमा ओलीले देशलाई हाहा हुहुतिर लैजान खोजेको आरोप लगाए ।नेपालको बौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको ओलीले टिप्पणी गरे । 

साझा पोष्ट
बिहीबार , मंसिर ८ २०७९
  • images
    राष्ट्रिय स्वतन्त्र पार्टीले जितेकोमा ओली असन्तुष्ट, भन्छन: मामुली कुरा हो, प्रोत्साहन गर्न आवश्यक छैन
    images

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको टिप्पणी गरेका छन । 
    बिहीबार झापामा पत्रकारहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको निर्वाचन परिणामबारे सोधेको प्रश्नमा ओलीले देशलाई हाहा हुहुतिर लैजान खोजेको आरोप लगाए ।नेपालको बौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको ओलीले टिप्पणी गरे । 


    images
    images

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा भएको बताए ।

    ‘उदय भनेर जे प्रचार, जे प्रोपोगाण्डा गरियो, त्यो वास्तवमा तपाईहरु (सञ्चार माध्यम) को कृपा हो’ उनले भने, ‘देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ नेपालको बाैद्धिक जगतले । ‘ के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो केही छैन, हाहा हुहुमा देश त चल्दैन ।’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको पनि बताए । ‘भविष्यलाई जिम्मेवार ढंगले सोच्ने भन्दा हाहा हुहुमा देशलाई लैजान खोज्ने कुरा नेपालको हितमा छैन ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार