Sajha Post
खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमालेका ढकाल बाँके १ बाट निर्वाचित 
nepatop

काठमाडौं ।  नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले युवा तथा खेलकुदमन्त्री नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई पराजित गरे  ।

ढकाल २५०२६ मत ल्याएर निर्वाचित भए । नेकपा माओवादी केन्द्रका उम्मेदवार गहतराजले १९६३२ मत ल्याए । ढकाल ५३९४ मतान्तरले विजयी भए।

यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११४६५ मत प्राप्त गरे । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १००७१ मत ल्याएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update