Sajha Post
यी हुन एमाले हराउने एकीकृत समाजवादीका १० नेता 

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १९ सिटमा चुनाव लड्यो ।  जसमध्ये उसले १० सिट जितेको छ । जसमध्ये यो पार्टीका नेता नौ वटामा एमालेका उम्मेदवारलाई पराजित गरे ।  समानुपातिक तर्फ निकै कम मत ल्याईरहेको समाजवादीका १० नेता भने भारी मतका साथ विजयी भए । 

यी हुन एमाले हराएर प्रतिनिधिसभामा आएका समाजवादीका १० नेता 

१. माधवकुमार नेपाल (रौतहट-१ )
प्राप्त मत: ३३ हजार ५२२
 

२. राजेन्द्र पाण्डे (धादिङ- १) 
प्राप्त मत:  ३५ हजार ९३४
 

nepatop

३. प्रकाश ज्वाला (सल्यान) 
प्राप्त मत: ३७ हजार ७००
 

४. प्रेम आले (डोटी) 
प्राप्त  मत: २७ हजार २१०
 

५. शेरबहादुर कुँवर (अछाम -१)
प्राप्त मत १९ हजार ५३४
 

६. कृष्णकुमार श्रेष्ठ (बारा-४) 
प्राप्त मत २० हजार २९७ 
 

७. भानुभक्त जोशी (बझाङ)
प्राप्त मत: २८ हजार ४१३ 
 

८. धनबहादुर बुढा (डोल्पा) 
 प्राप्त मत: ११ हजार २२५
 

९. मेटमणि चौधरी (दाङ-१)
प्राप्त मत २६ हजार ५६३ मत
 

१०.अमरबहादुर थापा (दैलेख- १) 
प्राप्त मत: १८ हजार २९७ 
सल्यानमा एमाले प्रतिस्पर्धामा रहे पनि समाजवादीका प्रकाश ज्वालाले जित्दा निकटतम प्रतिद्वन्द्वी पनि हुन सकेन । समाजवादीका नेता झलनाथ खनाल पराजयको संघारमा छन भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, कृष्णलाल महर्जन लगायत नौ जना पराजित भएका छन ।

हारेका मध्ये रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, विरोध खतिवडा निकटतम प्रतिस्पर्धी रहे ।उनीहरुले एमालेसँग हारे । अरु भने निकै कमजोर सावित भए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update