शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने

दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ ।आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको लागि आयुक्त रामप्रसाद भण्डारीले आयोग बैठकसमक्ष पेश गरेका छन् ।

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने
    images

    काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ ।


    images
    images

    आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको लागि आयुक्त रामप्रसाद भण्डारीले आयोग बैठकसमक्ष पेश गरेका छन् ।

    सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र गमा पुनः मतदान हुने भएको छ ।

    त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने भएको छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुने छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार