बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

 एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता 

 एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता 

पार्टीमा संसदीय दलको नेतामा प्रतिस्पर्धाको तयारी गर्ने बताइरहेका नेता सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
     एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता 
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।


    images
    images

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउनेक्रम जारी रहेका बेला कांग्रेस नेता सिंहले बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका हुन । 
    भेटमा दुवै नेताले एकअर्कालाई बधाई  दिएर समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
    नेता सिंहका स्वकीय सचिव यूपी लामिछानेले भेटपछिको तस्बिर सार्वजनिक गरेका छन् । उनले पहिले पनि भेट हुने गरेको र बधाइदिन बालकोट गएको बताए ।  तर राजनीतिक विषयहरुमा समेत छलफल भएको उनले बताए । 

    ओली झापा–५ बाट छैटौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने सिंह काठमाडौं–१ बाट चौथोपटक निर्वाचित भएका छन् ।

    पार्टीमा संसदीय दलको नेतामा प्रतिस्पर्धाको तयारी गर्ने बताइरहेका नेता सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार