शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

मोरक्कोसँग २-० ले स्तब्ध भयो बेल्जियम

मोरक्कोसँग २-० ले स्तब्ध भयो बेल्जियम

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    मोरक्कोसँग २-० ले स्तब्ध भयो बेल्जियम
    images

    काठमाडौं । विश्वकप फूटबलमा मोरक्कोले बेल्जियमलाई २–० ले पराजित  गरेको छ । जितसँगै मोरक्कोले कतारमा जारी फिफा विश्वकप २०२२ मा नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।


    images
    images

    समूह एफको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले आइतबार अल थुमामा स्टेडियममा दोस्रो हाफमा दुई गोल गर्दै बेल्जियमलाई पराजित गर्यो । 

    मोरक्कोका लागि  दुवै गोल वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका खेलाडीले गरे । अब्देलहामिद साबिरीले ७३औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।

    इन्जुरी टाइमको दोस्रो मिनेटमा जाकारिया अबोउखालले हाकिम जियाचको पासमा गोल गर्दै मोरक्कोलाई २-० को जित दिलाए । पहिलो हाफको इन्जुरी टाइममा चियाचले गोल गरेपनि भिएआरले अफसाइड दिएको थियो ।

    विश्वकपमा मोरक्कोले २४ वर्षपछि पहिलो जित निकालेको हो भने समग्रमा तेस्रो जित  । सन् १९६८ मा पहिलो पटक विश्वकपमा खेल जितेको मोरक्कोले पछिल्लो पटक सन् १९९८ मा स्कटल्याण्डलाई पराजित गरेको थियो । चार वर्षअघि रुसमा भएको विश्वकपमा  मोरक्कोले समूह चरणमा दुई खेल हारेको थियो भने एक बराबरी गरेको थियो ।

    बेल्जियमलाई हराएपछि २ खेलबाट ४ अंक जोड्दै मोरक्को शीर्ष स्थानमा उक्लेको छ । मोरक्कोले अब अन्तिम खेल क्यानडासँग खेल्नेछ ।

    पहिलो खेलमा क्यानडालाई पराजित गरेको बेल्जियम ३ अंकसहित दोस्रो स्थानमा छ । आज राति नै समूह एफका क्रोएसिया र क्यानडाबीच खेल हुँदैछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार