शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडे

स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडे

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडे
    images

    काठमाडौं । फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन् । गएराति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।


    images
    images

    प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए । तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन ।

    खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरी ल्याए ।

    यस बराबरीसँगै समूह 'ई' बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेन २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । जर्मनी २ खेलमा १ अंकसहित पुछारमा छ

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार