शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

पहिलोपटक हारे गच्छदार, तेस्रो प्रयासमा सुनसरी ३ मा एमालेकी चौधरी निर्वाचित 

पहिलोपटक हारे गच्छदार, तेस्रो प्रयासमा सुनसरी ३ मा एमालेकी चौधरी निर्वाचित 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    पहिलोपटक हारे गच्छदार, तेस्रो प्रयासमा सुनसरी ३ मा एमालेकी चौधरी निर्वाचित 
    images

    काठमाडौं । नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई हराउँदै सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् ।


    images
    images

    उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वीगच्छदारले ३५ हजार ६०० मत पाए ।


    यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् ।उनी २०४८ यताका सबै संसदमा निर्वाचित भएका  थिए । 


    एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भए ।चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभामा ३६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार बढी मतको अन्तरले पराजित गरेकी छिन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार