शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

ग्वार्कोमा फ्लाइओभर बन्न थालेसँगै बढ्यो जाम (तस्बिरहरु)

ग्वार्कोमा फ्लाइओभर बन्न थालेसँगै बढ्यो जाम (तस्बिरहरु)

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । शुक्रवार बिहानदेखि ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।

साझा पोष्ट
शुक्रबार, मंसिर २३ २०७९
  • images
    ग्वार्कोमा फ्लाइओभर बन्न थालेसँगै बढ्यो जाम (तस्बिरहरु)
    images

    काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । शुक्रवार बिहानदेखि ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।


    images
    images

    gwarko 21670578257.jpg

     ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरू गरेको हो । फ्लाइ ओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ । 

    gwarko 31670578272.jpg


    कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने व्यवस्था गरिएको छ ।

    लतिपुरको ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो ।

    gwarko 41670578295.jpg

    बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बनाउनुपर्नेछ । ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य छ ।

    gwarko 51670578313.jpg

    चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास विभागको छ । फ्लाइओभर निर्माण भएपछि इमाडोल–पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् ।

    gwarko 61670578330.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार