शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

प्रतिनिधिसभाका २५७ जना सांसदले लिए शपथ, १७ जना अनुपस्थित

प्रतिनिधिसभाका २५७ जना सांसदले लिए शपथ, १७ जना अनुपस्थित

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

साझा पोष्ट
बिहीबार , पुस ७ २०७९
  • images
    प्रतिनिधिसभाका २५७ जना सांसदले लिए शपथ, १७ जना अनुपस्थित
    images

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् ।


    images
    images

    नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

    सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ ।

    Sapath1671697118.jpg

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई हिजो पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

    आज संसद भवनमा उपस्थिति २५७ जना सांसदले सपथ लिएका हुन्। प्रतिनिधि सभाका १७ जना सांसद भने सपथ ग्रहण समारोहमा अनुपस्थित भए । अनुपस्थित सांसदको सपथ पछि हुने छ ।

    प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार