शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

यो वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउन सक्छ: अन्तर्राष्ट्रियमुद्रा कोष

यो वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउन सक्छ: अन्तर्राष्ट्रियमुद्रा कोष

साझा पोष्ट
सोमबार, पुस १८ २०७९
  • images
    यो वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउन सक्छ:  अन्तर्राष्ट्रियमुद्रा कोष
    images

    काठमाडौं । सन् २०२३ मा विश्वअर्थतन्त्रमा निकै ठूलो चुनौती देखा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । आईएमएकी प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दी छाउने र त्यसबाट लाखौँ मानिस प्रभावित हुने बताएकी हुन् ।


    images
    images


    विश्वका तीन प्रमुख अर्थतन्त्र– संयुक्त राज्य अमेरिका, युरोपेली संघ र चीन एकसाथ सुस्त गतिमा चलेका हुनाले त्यस्तो परिस्थिति आउने उनको कथन  छ ।

    अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा उनले सन् २०२२ को तुलनामा नयाँ वर्ष थप कठिन हुने बताईन। ‘विश्व अर्थतन्त्रको एक तिहाइमा आर्थिक मन्दी छाउने हामीले अनुमान गरेका छौं,’ जोर्जिभाले भनेकी छन्, ‘आर्थिक मन्दी नभएका देशहरूका लाखौं मानिसले पनि मन्दीकै जस्तो अवस्था महसुस गर्नेछन् ।’

    उनले अमेरिका, यूरोप र चीनको अर्थतन्त्र सुस्त देखिएको बताइन्। आउँदो मन्दीको मुख्य कारण रुस-युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, उच्च ब्याज दर हो। यसबाहेक चीनमा फैलिएको कोभिड प्रकोपले विश्वव्यापी अर्थतन्त्रलाई नै धक्का दिएको छ।

    संयुक्त राज्य अमेरिकाले मन्दी पन्छाउन सके पनि युरोपमा गम्भीर स्थिति देखापर्ने उनको भनाइ छ । युक्रेनी युद्धले थिलथिलो पारेकाले युरोपेली संघको आधा हिस्सामा गम्भीर आर्थिक समस्या देखापर्ने उनले बताएकी छन् । 

    'आगामी केही महिना चीनको लागि कठिन हुनेछ र चिनियाँ वृद्धिमा प्रभाव नकारात्मक हुनेछ। जसले गर्दा विश्वव्यापी आर्थिक वृद्धिमा प्रभाव नकारात्मक हुनेछ,' उनले भनिन्। जर्जिएभाको  अनुसार विश्वभरका मानिसहरूका लागि चिन्ताजनक अवस्था हुनेछ। झन् २०२२ मा कठिन अवस्थासँग जुधेका एसियाली देशहरुलाई थप प्रभाव पर्ने उनले बताइन्।

    एसियाली मुलुकहरुमा युक्रेनको युद्धका कारण मुद्रास्फीति निरन्तर बढिरहेको छ। र, उच्च ब्याजदरले यस क्षेत्रका घरपरिवार र व्यापारलाई पनि असर गरेको अवस्था छ।

    तथ्यांक अनुसार, सन् २०२२ को अन्त्यसम्म चिनियाँ अर्थतन्त्र कमजोर भएको देखिएको छ। डिसेम्बरको पर्चेजिङ म्यानेजरर्स इन्डेक्स (पीएमआइ) ले चीनको औद्योगिक गतिविधि पुनस् घट्दै गएको देखाएको छ। कोरोना संक्रमण फैलिएको कारणले झन्डै तीन वर्षयता सबैभन्दा छिटो दरमा चीनका औद्योगिक गरिविधिहरू साँघुरिँदै गएका छन्।


    आईएमएफले यो वर्ष विश्व आर्थिक विकासको दर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् २०२२ मा आर्थिक विकास दर ३.२ प्रतिशत थियो । युक्रेन युद्ध, मुद्रास्फितिको दबाब र प्रमुख केन्द्रीय बै‌ंकहरूले बढाएको ब्याजदर लगायतलाई मध्यनजर गर्दै आईएमएफले सन् २०२३ को आर्थिक विकासको दर प्रक्षेपण गरेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार