Sajha Post
प्रतिनिधि सभामा एमालेको एक सिट बढ्यो 

काठमाडौं । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई एमालेमा प्रवेश गराएका हुन्। 

पार्टी प्रवेश कार्यक्रममा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो। 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार  फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी निर्वाचित भएका थिए। योसँगै प्रतिनिधि सभामा एमालेको एक सिट बढेको छ र एमालेको सांसद संख्या ७९ पुगेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update