राष्ट्रपति साझा बसमा सरररर (तस्बिरसहित)
1673087988.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ललितपुरस्थित मदन पुस्तकालय र पिम्बाहलको अवलोकन गरेकी छिन् । राष्ट्रपति भण्डारी साझा यातायातको विद्युतीय बस चढेर मदन पुस्तकालय पुगेकी थिइन् ।
उनले केही समय पिम्बाहल क्षेत्रमा पनि बिताएकी थिइन् । उनलाई ललितपुरका मेयर चिरिबाबु महर्जन तथा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले स्वागत गरेका थिए ।
पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् । राष्ट्रपति साझाकै बिजुली बसमै राष्ट्रपति भवन शितलनिवासमा फर्किएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९ १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय