शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

धेरै टाढा बस्ने म, खै किन ! टिकापुरको औधी माया लाग्छ

धेरै टाढा बस्ने म, खै किन ! टिकापुरको औधी माया लाग्छ

साझा पोष्ट
बुधबार, पुस २७ २०७९
  • images
    धेरै टाढा बस्ने म, खै किन ! टिकापुरको औधी माया लाग्छ
    images

    Dipesh1673421277.jpgसानै उमेर देखी मामाघर गएकाले होला, टिकापुर आफनै जन्मभुमीजस्तो लाग्थ्यो । लाग्नु स्वभाभिक पनि थियो । लम्कि बजारदेखि महेन्द्र राजमार्गलाई उत्तर तर्फ छाडी हामी दक्षिणतर्फ टिकापुर बजार मोडियौ । सुदूर पश्चिम प्रदेशको तेस्रो ठूलो बजार, पुरानो बजार, राजा महेन्द्रले स्वास्थ्य अवस्था खराब हुँदा विश्राम लिएको ठाउँ । मानसरोवरदेखि आउने शुद्ध आक्सिजनले राजा महेन्द्रको स्वास्थ्यमा सुधार आउँछ भनि रोजिएको ठाउँ । 


    images
    images

     

    राजा महेन्द्रको स्वास्थ्यमा सुधार आएपश्चात टिकापुर राजपरिवारको रोजाइको ठाउँ हुन पुग्यो। टिकापुर बजार पुग्ने बित्तिकै हामीलाई खड्क चोकले स्वागत गरे जस्तो अनुभूति भयो। बजार ब्लक सिस्टममा भएकाले होला मलाई युरोपको कुनै सानो शहर जस्तो लाग्यो । जता गयो सडक नै सडक । मानिसहरू व्यस्त देखिन्थे । गाईबस्तु छोडुवा जस्तै देखिन्थे । सडक ठूला भएपनि गाई बस्तु, साइकल, बस, पैदल यात्रीबीच आफ्ना गन्तव्यतर्फ पुग्न संघर्ष चलीरहेको थियो।

    भिड नै भिड थियो । सबै व्यस्त थिए । मेरा आँखा ३६० डिग्रीमा बजार नियालिरहेका थिए । मैले दाँयातर्फ पार्क देखें । बजारको मुटुमा रहेको पार्कले मलाई दशैमा एकचोटी कपडा फेरे झैं सटुक्क कानमा भने जस्तो भान भयो ।

    Tikapur (3)1673420189.JPG

    सम्बन्धित निकायले पार्कलाई छिटोनै ध्यान आकृष्ट गरोस् र बज़ारको सुन्दरतालाई पार्कले सुनमा सुगन्ध थपोस् भन्ने कुरा मन मनै सोचे। तन्नेरीदेखि  बुढासम्म चिया गफमा गफिइरहेका थिए । बजारको बिच चौराहामा नेताहरुमाथि रिस पोखिरहेका थिए। 

    जमरा नदीमा पानी धेरै बगिसकेको थियो । समयले नेटो काटिसकेको थियो ।  खड्क चोकमा रहेका गमलाका बिरुवा पानी नपाएर सुकेका थिए । ती गमलाले पानी खोजिरहरेका थिए ।  पानी बिनाका माछा र बिरुवाको स्थिति त्येस्तै थियो ।

    फोहर जताततै छरपस्ट देखेर मलाई लाग्यो, नगर प्रमुख बजार हिड्दा पनि दिउसै लालटिन बालेर खोजौं जस्तो ।  सानो बजार सही रुपमा व्यवस्थापन गर्न के कुराले रोकेको होला ? मनमनै सोचें । 

    खड्क चोकदेखि सती बजार जाने प्रमुख सडक चौडा भए पनि बिचमा डिभाईडरको खाँचो छ जस्तो लाग्यो मलाई । जस्ले दुई लेन मज्जाले छुट्याओस्, अनि डिभाईडर मुनि पानीका पाइप भुमीगत गरी साँझ बिहान फूल अनि बिरुवालाई चारोस र शहरलाई शहर जस्तै हरियाली बनाओस् ।

    Tikapur (1)1673420155.JPG

    यातायात जती द्रुत भयो त्यती विकाशको उत्कर्षले सीमा नाघ्छ । आज बेलायत र नेपालको दूरी १२ घण्टा मात्र छ । पेरिस र लण्डनको दूरी ३० मिनेटको मात्र हो । तर टिकापुर राजधानी काठमाडौंबाट करिव १५ घण्टाले टाढा हुन पुग्यो। त्यसैले बेलायत नजिक हुन पुग्यो टिकापुर भन्दा । 

    टिकापुर विमानस्थल ई. सम्वत् १९८४ अक्टोबर ११ देखि सुरूवात भई १३ वर्ष संचालनपछि १९९७ मा बन्द भयो र अहिलेसम्म टिकापुरवासीले हजाईजहाज पर्खिरहेका छन।  हवाईजहाज  उड्ने ठाउँमा टुकटुक गुडीरहेका देख्दा लाग्छ राज्यले कतीसम्म सूदूरपश्चिमलाई सौतेनी व्यवहार देखाउन सकेको होला । 

    हामीलाई नेपालको सबैभन्दा ठूलो टिकापुर पार्कले पर्खिरहेको थियो । मैले अहिलेसम्म यति ठुलो विशाल पार्क देखेकै छैन नेपालमा । लण्डनको Hyde park र पेरिसको The Bois de Boulogne पार्क जस्तै ठूलो अनि स्वर्ग जस्तै अनुभूति हुने पार्कमा पर्छ टिकापुर पार्क।

    राजा महेन्द्र २०२४ सालताका बिश्राम गरेको महेन्द्र बाटिकाले राजा महेन्द्रलाई पर्खिरहेको जस्तो लाग्यो । फूलको बास्ना अनि सुगन्धले पार्कलाई मनमोहक बनाएको थियो । बीरेन्द्र बाटिका पनि सँगै टासीएको जस्तै थियो । पार्कमा हुनुपर्ने सबै कुरामा कमी थिएन।

    पूर्वतर्फ कर्णाली नदी आफनै गतिमा गीत गाएझै गरी बगिरहेको थियो । हरेक प्रजातिका बिरुवा आपसमा मिलीजुली अनेकतामा एकताको सन्देश दिइरहेका थिए । चराचुरुङ्गी मधुर संगीत अनि सूर्यको पारिलो घामले पार्कलाई दुलहि  नचाऊला झैं गरेको अनुभूति भयो।

    Tikapur (4)1673420208.JPG

    थोरै समयको बसाईले भएर होला मलाई अझै घुम्न पुगेको थिएन । टिकापुरभन्दा धेरै टाढा बस्ने म खै किन टिकापुरको माया निकै लाग्छ । घुम्ने विभिन्न ठाउँ मेरा लागि सौख नै हो पहिलेदेखि । म युरोपका विभिन्न देशहरू घुमे, देखें अनि मेरो ठाउँ पनि त्यस्तै सुन्दर सफा होस् जस्तो लाग्नु स्वभाविक थियो। 

    सुन्दर टिकापुर फेरी आउँदा दुलहि झैं सिंगारियोस् । साना कुरामा ध्यान नदिँदा शहर कुरूप हुन्छन् । जनप्रतिनिधिहरुलाई यो कुरा थाहा नभएको होइन । फोहर व्यवस्थापन गर्न डस्ट बिन, खानेपानीका धारा, चोकहरुमा निश्चित ठाउँ तोकेर पार्किंङ, सार्वजनिक शौचालय, बालमैत्री पार्क इत्यादी पूर्वाधार भए टिकापुर, अझै कति सुन्दर हुने थियो होला ।

    मेरो मन चुम्बक र फलाम टाँसिए झैं गरी टिकापुरसँग टाँसिएको थियो । मलाई छोड्न मनै थिएन । प्रकृतिको आज्ञा पालन गर्नै पर्ने थियो। म हिँडे मेरो गन्तव्यतर्फ । फेरी आउने बाचा गर्दै ।

    -लेखक हाल युरोपमा छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार