Sajha Post
५० हजार वर्षपछि आजदेखि नेपालबाट पनि हरियो दुर्लभ पुच्छ्रेतारा देख्न सकिने

काठमाडौं । दुर्लभ हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले बताएका छन् ।

आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी  निर्देशक एवम् खगोलविद् डा. सनतकुमार शर्माले जानकारी दिए । 

यो पुच्छ्रेतारा  निकै  चिसो  हिउँको  डल्लो  हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ । मुस्लो हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो । 

नेपाल  एस्ट्रोनोमिकल  सोसाइटी  (नासो) का  अध्यक्ष  सुरेश  भट्टराईका  अनुसार  अमेरिकाको  पालोमार  वेधशालामा  रहेको  ज्विकी  ट्रान्सिएन्ट  फेसिलिटी (जेटीएफ) बाट पहिलो पटक सन् २०२२ मार्च २ मा निश्चित गरिएको यो धुमकेतु वा पुच्छ्रेतारा सन् २०२१ जुलाई १० देखि सन् २०२३ जनवरी ६ सम्म चार हजार ९ सय ६२ पटक अवलोकन गरिएको छ । 

यसले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा आज सूर्यको सबैभन्दा नजिक पुग्ने हुँदा यसको अवलोकन गर्न सकिन्छ ।
नेपालबाट  यो  दुर्लभ  पुच्छ्रेतारालाई  ध्रुवताराको नजिकै एउटा टाउको र दुईवटा लामा र छोटा गरी तीनवटा पुच्छरका रूपमा देखिनेछ । 

machhapuchhre bank

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update