Sajha Post
पोखरामा भएको विमान दुर्घटनाको उद्धार चल्दै (भिडियोसहित)

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

अहिलेसम्म मानवीय क्षतिका बारेमा भने केही खुलेको छैन । घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।

जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।  यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस सवार थिए ।

हेर्नुहोस् भिडियो

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update