Sajha Post
कम्बोडियामा ज्यान गुमाएका निराकारको २४औं दिनमा अन्त्येष्टि

कम्बोडियामा भीषण आगलागी घटनामा परी ज्यान गुमाएका झापा बिर्तामोडका  निराकार पाण्डेको आज अन्त्येष्टि गरिएको छ। पाण्डे परिवारजनले मृत्यु भएको २४औं दिनमा निराकरको कनकाई माई नदी किनारमा दाहसंस्कार गरेको हो। 

उनको पार्थिव शरीरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेलले पार्टीको झन्डा ओढाएर सम्मान गरेका थिए। गत पुस १४ गते राति कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटेल एन्ड क्यासिनोमा भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम फाल्दा उनको मृत्यु भएको थियो। 

हाम फाल्नुअघि उनले आफ्ना परिवारका सदस्यहरुसँग साढे ४ घण्टा लामो भिडियो कलमार्फत कुराकानी गरेका थिए। नेपाल सरकारको सहयोगमा उनको शव शुक्रबार राती काठमाडौं आइपुगेको थियो। 

सम्बन्धित समाचार

कम्बोडियामा नेपाली : होटलमा आगलागी भएपछि घरमा भिडियो सन्देश पठाए र १२ तलाबाट हाम फाले

कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update