
अलेपो। सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।
एउटा साततले भवन भत्कँदा उनीहरुकाे मृत्यु भएको बताइएको हो । जसमा पाँच जना बालबालिका परेका छन् ।
प्रहरीका अनुसार भवनमा सात परिवार बसेका थिए । स्थानीय बासिन्दाले भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन् । भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ ।
प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ । यहाँको सरकारी समाचार समिति सानाले भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ ।
एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित सिरियाली नागरिक भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् ।
सिरियामा जारी द्वन्द्वमा करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।
गएको सेप्टेम्बरमा पनि अलेप्पो नजिकको फर्दवासमा यस्तै कमजोर भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको थियाे। - (रासस\सिन्ह्वा)