Sajha Post
राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने एपीएफका १६ खेलाडीको बढुवा

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका एपीएफका १६ जना खेलाडीलाई बढुवा गरेको छ ।

२२ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा बलले विभिन्न खेलका १६ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको हो । 

बढुवा हुनेमा फुटबल फुटबलका अनिता बस्नेत, एञ्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे लामा, नविन लामा, तोपबहादुर विष्ट छन् ।

यस्तै, भलिबलका नेविका चौधरी, उषाकुमारी विष्ट, रेश्मा भण्डारी र सरस्वती चौधरी, क्रिकेटर सिता रानामगर, जुडोका देवीका खड्का, ट्रायथलनका सोनी गुरुङ तथा एथलेटिक्सका शिवराज पार्की र मंगलप्रसाद थारुको पनि बढुवा भएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update