जनमत पार्टीका अब्दुल खान खानेपानी मन्त्री बन्न सहमत

काठमाडौं । जनमत पार्टीका सांसद बिना विभागीयमन्त्री अब्दुल खान खानेपानी मन्त्री बन्न सहमत भएका छन् । उनले आजै पदभार ग्रहण गर्ने भएका छन् ।
पुस ११ मा मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ३ मा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए । तर पूर्वसहमति अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् । प्रधानमन्त्रीसँगको छलफलपछि उनी मन्त्री बन्न राजि भएका हुन् ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ १३:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय