Sajha Post
एशियन हाइड्रोपावरले सर्वासाधारणलाई माघ २७ गतेदेखि आइपीओ बेच्ने

काठमाडौं ।  एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले माघ २७ गतेदेखि  छ लाख ९७ हजार दुई सय कित्ता प्राथमिक शेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।

सर्वसाधारणले ६ लाख ९७ हजार २०० कित्ता प्राथमिक सेयरमा आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा गएकालाई कम्पनीले ८४ हजार कित्ता छुट्याएको छ।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत प्राथमिक सेयर जारी गर्दैछ। १०० रुपैयाँ अंकित मूल्यमा यो कुल ८ लाख ४० हजार कित्ता हुन्छ। यसको १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुको भाग हो।

यस्तै, ५ प्रतिशत अर्थात ४२ हजार कित्ता म्युचुअल फण्ड र २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुको हिस्सा हो। बाँकीमा सर्वसाधारणले आवेदन दिने हुन्।

कम्तिमा १० कित्ता सेयरका लागि आवेदन पेस गर्नुपर्नेछ। अधिकतम २० हजार कित्तासम्म पाइन्छ। आइपीओ बिक्री छिटोमा फागुन २ गते बन्द हुनेछ। म्यादसम्म पर्याप्त आवेदन नआए फागुन १२ गतेसम्म लम्बिनेछ।

कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । - रासस

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update