Sajha Post
फिक्सिङ विवाद: क्रिकेट संघका कार्यवाहक सचिव मल्लले राजीनामा दिए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । 

नेपाल टी-२० लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा फिक्सिङ विवादका कारण  आलोचना भएपछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।

गतवर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए । 

क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टी--२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी लिदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएका थिए । 

केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै बोर्ड बैठक छाडेका थिए । 

उनीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै कार्य सम्पादन समितिको राजीनामा मागेका  थिए ।

नेपाल टी--२० लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता  क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको उनीहरुको आरोप छ  ।नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update