शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

आजदेखि काठमाडौंमा दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुँदै

आजदेखि काठमाडौंमा दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुँदै

साझा पोष्ट
शुक्रबार, फागुन २६ २०७९
  • images
    आजदेखि काठमाडौंमा दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुँदै
    images

    काठमाडौं । आजदेखि काठमाडौंमा दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुँदैछ । आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नाराका साथ हुन लागेको सम्मेलन विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले गर्न लागेको हो ।


    images
    images

    अर्थतन्त्रका समसामयिक मुद्दाहरूमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरू तथा नीति निर्माणमा संलग्न निकायहरूलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यका साथ दोस्रो अर्थशास्त्री सम्मेलन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

    दुई दिने सम्मेलनलाई पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन प्राविधिक सत्र गरी विभाजन गरिएको आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने पहिलो दिनको कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा दिउसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटेल एलो प्यागोडा जमलमा सुरु हुने समय तालिका छ ।

    अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्रीहरू, पूर्व अर्थमन्त्रीहरू, राजनीतिक पार्टीका प्रतिनिधिहरू, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरू, राष्ट्र बैङ्कका गभर्नर तथा पूर्वगभर्नरहरु सहभागी हुनेछन् ।

    पछिल्लो दशकमा बढ्दै गएको अनियन्त्रित आयातले राष्ट्रिय उद्योगलाई धराशायी बनाउँदै मुलुकलाई परनिर्भर र आर्थिकरुपमा थप अस्थिर बनाउँदै लगेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट हुने लगानी पनि उत्पादनशील क्षेत्रमा परिचालन हुन सकिरहेको छैन । 

    हाल बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या तथा बढ्दो ब्याजदरले लगानीको वातावरण बन्न सकिरहेको छैन । यसै परिस्थितिलाई मध्यनजर गर्दै लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवर्द्धनमा र सूचना प्रविधि क्षेत्रमा टेवा पुर्‍याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुहरूमाथि यस सम्मेलनमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार