
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा पपुवा न्युगिनीमाथि ९ विकेटको कीर्तिमानी जित हासिल गरेको छ । योसँगै नेपालले शीर्ष तीनम रहँदै सोझै विश्वकप छनोट खेल्न अन्तिम खेलमा युएईलाई पराजित गरे पर्याप्त हुनेछ ।
जितका लागि ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले नटआउट ५३ रन बनाए । उनले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । आसिफको यो ओडिआई करिअरको आठौं अर्धशतक हो । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा नटआउट रहे ।
कुशल भुर्तेलले पनि आक्रामक खेले । उनी १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । विकेटका हिसाबमा नेपालको यो सर्वाधिक ठूलो जित हो । यसअघि २०२० मा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको थियो ।
यसअघि कीर्तिपुरमा पहिले ब्याटिङ गरेको पीएनजीलाई नेपालको स्पिन आक्रमणले ९५ रनमै धराशायी बनायो । पीएनजीले ३२ ओभरमा अलआउट हुदै मात्रै ९५ रन बनाउन सक्यो । नेपालका लागि सन्दीप लामिछानेले सानदार बलिङ गरे । उनले १० ओभर बलिङ गरेर २५ रन खर्चिदै ५ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २, २ तथा सोमपाल कामीले १ विकेट लिए । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् ।