Sajha Post
 आशिफको कीर्तिमान: २१ बलमा अर्धशतक 

काठमाडौं । ओपनर आसिफ शेख एकदिवसीय क्रिकेटमा  सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन् ।

आसिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक  सिरिजमा पपुवा न्युगिनीविरुद्ध आक्रामक खेल्दै यो कीर्तिमान बनाएका हुन ।  उनले २१ बलमा ८ चौका र ३ छक्कासहित नटआउट ५३ रन बनाए । 
यसअघि नेपालबाट सोमपाल कामीले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध दोस्रो ओडिआई खेलमा ३८ बलमा अर्धशतक पूरा गरेका थिए । उक्त कीर्तिमान आसिफले तोडेका हुन् ।

आसिफले चाद सोपरलाई आठौं ओभरको चौथो बलमा छक्का हान्दै २१ बलमा अर्धधशतक पूरा गरेका थिए । उनले चाद सोपरलाई आठौं ओभरमा पहिलो र दोस्रो बलमा चौका तथा तेस्रो र चौथो बलमा छक्का हाने ।

आसिफको यो  एकदिवसीय करिअरको आठौं अर्धशतक हो । त्यस्तै रोहित पौडेलले नेपालबाट एकदिवसीयमा ८, ज्ञानेन्द्र मल्लले ७, कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले ४–४ अर्धशतक हानेका छन् । दीपेन्द्रसिंह ऐरीले ३, पारस खड्का र देव खनालले २–२ अर्धशतक प्रहार गरेका छन् ।

 टी– २०अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक भने ज्ञानेन्द्र मल्लको नाममा छ । ज्ञानेन्द्र मल्लले २०२० मा मलेसियाविरुद्ध टि २० आईमा २० बलमा अर्धशतक पूरा गरेका थिए ।

machhapuchhre bank

विश्व क्रिकेटमा एकदिवसीय तर्फ सर्वाधिक छिटो अर्धशतक भने दक्षिण अफ्रिकाका पूर्व ब्याटर एवि डिभिलिर्यले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमै अर्धशतक प्रहार गरेका थिए । त्यस्तै टि २० को रेकर्ड भारतीय ब्याटर युवराज सिंहको नाममा छ । युवराज सिंहले २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक पूरा गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update