Sajha Post
एकदिवसीय वरीयतामा नेपालको उल्लेख्य सुधार : नामिबिया, यूएई, अमेरिका र पीएनजीलाई पछि पार्‍यो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एकदिवसीय वरीयता (ओडीआई) मा नेपालले उल्लेख्य सुधार गरको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो ।

 

ओडीआईको नयाँ वरीयताअनुसार नेपालले १ हजार १६७ अंक पाएको छ। नयाँ ओडीआई वरीयतामा ५ हजार १० अंकसहित भारत शीर्ष स्थानमा छ। अस्ट्रेलिया र न्युजिल्यान्ड क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। 

लिग २ मा लामो समय खराब प्रदर्शन गरेको नेपालले पछिल्लो एक महिनामा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । लिगका पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपालले विभिन्न कीर्तिमान पनि बनाएको छ।

 

machhapuchhre bank

लिग २ का ३५ खेलमा ३८ अंक जोड्दै नेपाल चौथो स्थानमा उक्लिएको छ। अब बिहीबार हुने यूएईसँगको खेलमा जित निकाले नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल खेल्न पाउनेछ।

घरेलु मैदानमा सक्टल्यान्ड र नामिबियासँग खेल्नुअघि नेपाल १९औँ स्थानमा थियो। त्यसपछिका ११ मध्ये एक बाहेक सबै खेल जितेर नेपाल १६औं स्थानमा उक्लिएको हो। यससँगै नेपालले एकदिवसीय वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ। 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update