Sajha Post
कप्तान वासिमको सतक मद्दतमा युएईले पिएनजीलाई ६ विकेटले हरायो

काठमाडौं । कीर्तिपुरमा जारी विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईले पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा यूएईले पीएनजीलाई ६ विकेटले पराजित गर्‍यो ।

२ सय ३५ रनको लक्ष्य यूएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यूएईलाई जित दिलाउन कप्तान मुहम्मद वासिमले ७६ बलमा सर्वाधिक १ सय १९ रनको सतकीय योगदान गरे । एकदिवसीयमा पहिलो शतक पूरा गरेका वासिमले ६ चौका तथा १२ छक्का हिर्काए । उनी लिग २ को एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।

भृत्य अरविन्दले ३३ रन बनाए । आयान अफजल खानले २७ रन तथा चुन्डानगापोयिल रिजवानले २९ रन जोडे । पीएनजीका रिले हेकुरेले २ तथा जोन कारिको र काबुआ मोरियाले १, १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले लिग २ को आफ्नो अन्तिम खेलको निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको थियो ।

पीएनजीका लागि असाद भालाले सर्वाधिक ६५ रनको योगदान गरे । नोरमन भानुआले ३१ बलमा ४९ रन बनाए । उनले १ चौका र ५ छक्का हिर्काए । रिले हेकुरेले ३३ रन, किपलिन डोरिगाले २४ रन तथा चार्लस अमिनीले २२ रन जोडे ।

machhapuchhre bank

यूएईका लागि हजरत विलालले ४ तथा जावर फरिद र रोहन मुस्तफाले १, १ विकेट हात पारे । लिगको अन्तिम खेलमा बिहीबार नेपाल र युएई भिड्दै छन् । 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update