Sajha Post
युएईलाई पराजित गरेर विश्वकप छनोटमा पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाहुना टोली युएईको सामना गर्दै छ ।

२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ । 

यहि त्रिकोणत्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी रुपमा पराजित गरेको थियो । नेपाल आज पनि सोहि लय दोहोर्याउने लक्ष्यमा रहेको छ । नेपालले लिग टू का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ । 

लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग टू अन्त्य गर्दै जिम्बाबेको टिकट काट्नेछ । 

यता समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ । लिग टू मा स्कटल्याण्ड शिर्ष स्थानमा रहदै र ओमान दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् । 

अब शिर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ ।

आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै साझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहान्छ । यदी आजको खेलमा परजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।

सन्दीप कीर्तिमान नजिक 
आईसीसी विश्वकप लिग टू अन्तर्गत आजको खेलमा नेपालमा लेग स्पिनर सन्दीप लामिछाने नयाँ कीर्तिमान गर्ने लक्ष्यमा हुने छन् । उनी विश्व क्रिकेटको एक दिवसीय फरम्याटमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्न नजिक पुगेका छन् ।

machhapuchhre bank

पछिल्लो खेलमा ५ विकेट लिएका सन्दीपले आज २ विकेट लिएमा यो रेकर्ड कायम गर्न सक्छन् । २ विकेट लिएमा अफगानिस्तानका राशिद खानलाई पछि पार्ने छन् । सन्दीपले ४० खेलमा ९८ विकेट लिएका छन् भने राशिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update