Sajha Post
राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रूपैयाँ दिने

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका हरेक खेलाडीलाई वाग्मती प्रदेश सरकारले एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार पुरस्कारको घोषणा गरेका हुन् ।

‘खेलाडीको सम्मान र हौसालाको लागि वाग्मती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं,’ उनले भने । वाग्मती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका हुन् ।यसअघि आजै प्रधानमन्त्रीले टिमका हरेक सदस्यलाई तीन तीन लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।  

नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले हराउँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update