शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

प्रधानमन्त्रीको कार्यक्रममा प्रहरीले युवाको मुख थुनेको विषय संसदमा उठ्यो

प्रधानमन्त्रीको कार्यक्रममा प्रहरीले युवाको मुख थुनेको विषय संसदमा उठ्यो

काठमाडौं । राष्ट्रिय सभा सांसद डा विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छिन् । मंगलवार प्रधानमन्त्री प्रचण्ड ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए । जसमा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ गरेको थियो । 

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    प्रधानमन्त्रीको कार्यक्रममा प्रहरीले युवाको मुख थुनेको विषय संसदमा उठ्यो
    images

    काठमाडौं । राष्ट्रिय सभा सांसद डा विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छिन् । 


    images
    images

    मंगलवार प्रधानमन्त्री प्रचण्ड ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए । जसमा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ गरेको थियो । 

    सोही विषयमा आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ मागेकी हुन् । उनले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोजेकी हुन् । 

    संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उनले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? भन्दै प्रश्न गरिन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार