Sajha Post
'द हन्ड्रेड' क्रिकेटको खेलाडी छनोटका लागि ड्राफ्ट आज , नेपालबाट सन्दीप र अर्जुन
machhapuchhre bank

काठमाडौं । इंग्ल्यान्डमा हुने 'द हन्ड्रेड' क्रिकेटको खेलाडी छनोटको लागि आज  ड्राफ्ट हुदैछ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर तथा ओपनर अर्जुन साउद द हन्ड्रेड क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालबाट सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् । 

पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण उनले द हन्ड्रेड गुमाएका थिए । दोस्रो संस्करणमा भने सन्दीपलाई कुनैपनि क्लबले अनुबन्ध गरेको थिएन । यस संस्करणको द हन्ड्रेड अगस्ट १ बाट सुरु हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update