शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

के भएको थियो चैत ५ मा ? जसको छानविन गर्न सरकारले छानविन समिति बनाउँदैछ 

के भएको थियो चैत ५ मा ? जसको छानविन गर्न सरकारले छानविन समिति बनाउँदैछ 

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    के भएको थियो चैत ५ मा ? जसको छानविन गर्न सरकारले छानविन समिति बनाउँदैछ 
    images

    काठमाडौं । कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । 


    images
    images

    छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

    समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ। पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले चैत ५ गते विराटनगरमा प्रदर्शन गरेको थियो । प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले चार राउण्ड हवाई फायर र दुई दर्जन सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

    कोशी नामकरणविरुद्धमा गत चैत ५ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको लाठी प्रहारबाट पदम लिम्बुको मृत्यु भएको थियो। लाठी प्रहारबाट गम्भीर घाइते लिम्बुको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार