आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

हलिउडमा हड्ताल हुँदा टिभी शो रोकिए

हलिउडमा हड्ताल हुँदा टिभी शो रोकिए

साझा पोष्ट
बिहीबार , वैशाख २१ २०८०
  • images
    हलिउडमा हड्ताल हुँदा टिभी शो रोकिए
    images

    काठमाडौं । हलिउड लेखकहरु हड्तालमा उत्रिएपछि फिल्म र टिभी कार्यक्रमको निर्माण ठप्प भएको छ । रात्रिकालीन टिभी कार्यक्रम बन्द भएका छन् भने फिल्मको छायांकन समेत प्रभावित भएको सीबीएस न्युजले जनाएको छ । मंगलबारदेखि ११ हजारभन्दा बढी लेखक आन्दोलनमा छन् ।
     ज्याला र रोजगारीका सुनिश्चितता माग गर्दै राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा लस एन्जलस र न्युयोर्कमा हड्ताल सुरु भएको हो । यो आन्दोलन डिज्नी, नेटफ्लिक्ससहितका ठूला स्टुडियोविरुद्ध लक्षित रहेको छ । 


    images
    images

    यो हड्ताल सन् २००७ यताकै ठूलो भएको र तत्काल रोकिने सम्भावना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।अघिल्लो पटकको हड्ताल १०० दिनसम्म चलेको थियो । ज्यालादर र रोजगारीका कतिपय मागलाई लिएर राइटर्स गिल्ड अफ अमेरिका र हलिउड स्टुडियोबीचको वार्ता निष्कर्षमा नपुगेपछि हड्ताल सुरु भएको हो ।

    केही टेलिभिजन र केबल ब्रोडकास्टरले पछिल्लो सिजनको फाइनल एपिसोड प्रसारण गरिसकेका छन् । खासगरी रात्रिकालीन शो रोकिएका छन् । एनबीसी, एबीसी, सीबीएस टिभीका कार्यक्रम रोकिएका छन् । हड्ताल लम्बिंदै गए कमेडीदेखि दिवाकालीन शो पनि ठप्प हुनेछन् । 

    हड्ताल चलिरहँदा पनि केही स्टुडियोले फिल्म निर्माणको अनुमति मागिरहेका लस एन्जलस टाइम्सले जनाएकाे छ । तर यसको चर्को विरोध भइरहेको छ । स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले हड्ताल जारी रहे उत्पादन सेवालाई अमेरिकाबाहिर लैजाने तयारी गरिरहेको बीबीसीले जनाएको छ । एचबीओ म्याक्सले नयाँ नभएर पहिले नै लेखिएको स्क्रिप्टमाथि फिल्म बनाउने सोच बनाइरहेको उल्लेख छ ।


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार