आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

'इन्डियन आइडल'मा भाग लिएर फर्केपछि मेनुकाले भनिन् -सोचेको भन्दा ठूलो सफलता पाएँ

'इन्डियन आइडल'मा भाग लिएर फर्केपछि मेनुकाले भनिन् -सोचेको भन्दा ठूलो सफलता पाएँ

साझा पोष्ट
मंगलबार, माघ २३ २०८०
  • images
    'इन्डियन आइडल'मा भाग लिएर फर्केपछि मेनुकाले भनिन् -सोचेको भन्दा ठूलो सफलता पाएँ
    images

    काठमाडौं । चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ बाट बाहिरिएपछि मेनुका पौडेल नेपाल आइपुगेकी छन्। सोमबार पूर्वको मेचीपुल हुँदै नेपाल आइपुगेकी मेनुकालाई भव्य स्वागत गरियो । 


    images
    images

    भारत सीमावर्ती काँकडभिट्टामा उनलाई नेपालीहरुले अबिर र फूलमालासहित स्वागत गरे। झाँकी र र्‍यालीसहित मेनुकालाई गाडीमा चढाएर काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो। 

    गृहनगर झापाको चारआलीमा आयोजित कार्यक्रममा पनि मेनुकालाई स्वागतसहित सम्मान गरियो । स्थानीयहरूको भव्य स्वागत पाएकी मेनुकाले सबैलाई धन्यवाद समेत दिइन्। मेनुकाले मिडियासँगको कुराकानीमा इन्डियन आइडलमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताइन्।

    ‘एकदमै खुसी लागिरहेको थियो। इन्डियन आइडलको अडिसनमा गाउन पाउनु नै ठूलो कुरा हो। यहाँसम्म आएर मैले गरेको मिहिनेत र दर्शकहरूको आर्शिवाद लागिरहेको छ। एकदमै खुसी छु’, उनले भनिन्, मैले सोचेको भन्दा पनि ठूलो सफलता पाएँ ।'

    आफ्ना सर्थकहरूलाई धन्यवाद दिँदै उनले  फिल्म ‘सलार’ मा समावेश गीत समेत गाएकी थिइन्। इन्डियन आइडल सिजन १४ को सुरुवाती अडिसनबाट नै मेनुका चर्चामा थिइन्।

    लगातार राम्रो प्रस्तुति दिँदै मेनुकाले जजहरुसहित दर्शकहरूको मन जित्दै आएकी थिइन्। तर, आइतबार प्रसारित एपिसोडबाट उनी शीर्ष १० बाट आउट भइन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार