आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

बद्री पंगेनी र शान्ति भण्डारीको ‘चोली फेर्ने माया’ सार्वजनिक

बद्री पंगेनी र शान्ति भण्डारीको ‘चोली फेर्ने माया’ सार्वजनिक

साझा पोष्ट
शुक्रबार, माघ १९ २०८०
  • images
    बद्री पंगेनी र शान्ति भण्डारीको ‘चोली फेर्ने माया’ सार्वजनिक
    images

    काठमाडौं   । बद्री पंगेनी र शान्ति भण्डारीको स्वरमा रहेको ‘चोली फेर्ने माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो ।


    images
    images

    सार्वजनिक समारोहमा बोल्दै गायक बद्री पंगेनीले आजभोलि गीत नहेर्ने, शेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गरे । उनले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गरे ।

    कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताए। लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने उनले बताए । 
    गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारहरुबाट भरिपूर्ण र भाग्यमानी गीत भएको बताए। गीतमा शिव हमालको शब्द रचना र संगीत छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार