शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

आईपीएल : बेंगलोरलाई मुम्बईले हरायो, २०० रनको लक्ष्य सजिलै भेटायो

आईपीएल : बेंगलोरलाई मुम्बईले हरायो, २०० रनको लक्ष्य सजिलै भेटायो

साझा पोष्ट
बुधबार, वैशाख २७ २०८०
  • images
    आईपीएल : बेंगलोरलाई मुम्बईले हरायो, २०० रनको लक्ष्य सजिलै भेटायो
    images

    एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत गएराती  भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।


    images
    images

    मुम्बईका लागि सूर्य कुमार यादव र नेहाल वाडेराले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बईले २०० रनको लक्ष्य १६।३ भेटाएको हो ।

    सूर्य कुमारले सर्वाधिक ८३ रन बनाए भने नेहालले अविजित ५२ रन बनाए । 

    बेंगलोरका वानिन्दु हसरंगा र विजकुमार वैशाखले समान २ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

    बेंगलोरका लागि ग्लेन म्याक्सवेलले ६८ र कप्तान फाप डु प्लेसिसले ६५ रन बनाएका थिए । 

    छैटौं जितपछि ११ खेलबाट १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा उक्लेको छ र प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ । पराजित बेंगलोर ११ खेलबाट १० अंकसहित सातौं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार