शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

आईपीएल : दिल्लीमाथि चेन्नईको सहज जीत

आईपीएल : दिल्लीमाथि चेन्नईको सहज जीत

साझा पोष्ट
बुधबार, वैशाख २७ २०८०
  • images
    आईपीएल : दिल्लीमाथि चेन्नईको सहज जीत
    images

    एजेन्सी । आइपिएल अन्तर्गत गएराती भएको खेलमा चेन्नई सुपरकिंग्सले दिल्ली क्यापिटल्समाथि २७ रनको सहज जित हात पारेको छ। 


    images
    images

    पहिला ब्याटिङ गर्दै चेन्नईले दिएको १६८ रनको मध्यम लक्ष्य पनि दिल्लीले भेटाउन सकेन ।  दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन मात्र जोड्न सक्यो।

    दिल्लीका लागि मनिष पाण्डेले २७ रन जोड्दा रिली रस्सोले ३५ रन बनाए। 

    बलिङमा चेन्नईका मथिशा पाथिरनाले ३ विकेट तथा दिपक चहारले २ विकेट लिए। 

    त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १६७ रन जोड्यो। चेन्नईका लागि शिवम् दुवेले सबैभन्दा बढी २५ रन जोडे। 

    जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नईले १२ खेलबाट १५ अंक जोड्यो। शीर्ष स्थानको गुजरातको १६ अंक छ भने पुछारको दिल्लीको ८ अंक मात्र छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार