आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

चलचित्र 'हल्कारा' हेरेपछि नेताहरुले के भने ?

चलचित्र 'हल्कारा' हेरेपछि नेताहरुले के भने ?

साझा पोष्ट
बिहीबार , वैशाख २८ २०८०
  • images
    चलचित्र 'हल्कारा' हेरेपछि नेताहरुले के भने ?
    images

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चलचित्र 'हल्कारा'ले अहिलेको नेपालको पीडिदायी अवस्थालाई यथार्थतामा उतारेको बताएका छन् । 


    images
    images

    बुधवार काठमाडौंमा चलचित्रको प्रिमियर शोपछि सिने पत्रकारसँगको कुराकानीमा ज्ञवालीले विषय यथार्थपरक रहेको बताए । वैदेशिक यात्रामा जाने नेपालीहरु र उनीहरुले भोग्ने पीडा साथै गाउँमा परिवारले पाएको दुःखलाई चलचित्रमा राम्रो ढंगबाट देखाइएको उनले बताए । वैदेशिक रोजगारीमा जाँदा चुकाइरहेको पारिवारिक मूल्यको उजागर चलचित्रमा उतारिएको उनले बताए । उनले देशभित्र रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने र नसके वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी रहेको बताए । 

    pradip1683803772.jpg

    नेकपा एमाले सांसद रघुजी पन्तले हल्कारको कथा पहाडको कथा भएको बताए ।  उहाँले सिनेमामा वैदेशिक रोजगारीको बिडम्वना र त्इसबाट उत्पन्न सामाजिक र मानसिक समस्याहरु देखाइएको बताए ।  गाउँबाट रोजगारीका लागि शहर पस्दा उत्पन्न हुने समस्या सिनेमामा उतारिएको बताए । 

    raghu_pant1683803795.jpg

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कथाले नेपाली वर्तमान वैदेशिक रोजगारीको समस्यालाई उजागर गरेको बताए ।  चलचित्रले समाजमा भइरहेको रोजगारीबाट उत्पन्न समस्यालाई वास्तविकता चलचित्रमा उतारिएको उनले बताए । 

    gyan_bahadur1683803829.jpg

    त्यस्तै कलाकार शारदा गिरीले आफूले यस चलचित्रमा फरक अभिनय गरेको र चलचित्र अभिनय गर्दा धेरै दुःख र मेहनतका साथ काम  गरेको बताईन्  । महेश त्रिपाठी र विनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशन तथा सम्पादन विक्रम सापकोटाको छ । यसमा विप्लव प्रतिक र आकाश बरालले सह–लेखन गरेका छन् ।
     यस चलचित्रमा महेश र विनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार