शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

सूर्यकुमारले शतक बनाएपछि मुम्बईले गुजरातलाई दियो २१९ रनको विशाल लक्ष्य 

सूर्यकुमारले शतक बनाएपछि मुम्बईले गुजरातलाई दियो २१९ रनको विशाल लक्ष्य 

साझा पोष्ट
शुक्रबार, वैशाख २९ २०८०
  • images
    सूर्यकुमारले शतक बनाएपछि मुम्बईले गुजरातलाई दियो २१९ रनको विशाल लक्ष्य 
    images

    काठमाडौं । सूर्य कुमार यादवको विष्फोटक शतक प्रहार गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ ।
    घरेलु मैदान बानखेडे स्टेडियममा पहिले ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनायो । 
    सूर्य कुमारले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै शतक पूरा गर्दा मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १८ रन जोड्यो । आइपिएल करिअरको पहिलो शतक हान्ने क्रममा सूर्यकुमारले ४९ बलको सामना गर्दै  ११ चौका र ६ छक्का प्रहार गरे । उनले ३२ बलमा अर्धशतक पूरा गरेका थिए ।


    images
    images

    कप्तान रोहित शर्माले १८ बलमा ३ चौका र २ छक्काको मदतले २९,  इशान किशनले  २० बलमा ४ चौका र १ छक्का सहित ३१ रन जोडे । 

    नेहाल वाधेराले ७ बलमा १ चौका र १ छक्कासहित १५ रन जोड्दा विष्णु विनोदले समान २  चौका र २ छक्कासहित २० बलमा ३० रन बनाए । राशिद खानले गुजरातका लागि ४ विकेट लिए । लक्ष्य पछ्याउँदै अहिले गुजरातले ब्याटिंग गरिरहेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार