शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

आर्मी बन्यो राष्ट्रिय बिच भलिबल च्याम्पियन

आर्मी बन्यो राष्ट्रिय बिच भलिबल च्याम्पियन

साझा पोष्ट
शनिबार, वैशाख ३० २०८०
  • images
    आर्मी बन्यो राष्ट्रिय  बिच भलिबल च्याम्पियन
    images

    तानसेन ।  राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । ।


    images
    images

    पाल्पाको रानीमहलमा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी च्याम्पियन बनेको  हो । दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले  इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१-१९ र २१-१५ को सोझो सेटमा पराजित गर्यो । 
    उपाधिसहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता पुलिसले एक लाख रुपैयाँ पायो।अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई २१-१८ र २१-१७ को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गर्यो ।

    एपिएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गरे । आर्मीलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

    चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरी पाँच  प्रदेश, तीन विभागीय क्लब र सहआयोजक गरी नौ टोलीले भाग लिएका थिए ।

    प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा भएको थियो ।
     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार