शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

ला लिगा : रियलको संघर्षपूर्ण जीत, बार्सिलोना उपाधी नजिक

ला लिगा : रियलको संघर्षपूर्ण जीत, बार्सिलोना उपाधी नजिक

साझा पोष्ट
आइतबार, वैशाख ३१ २०८०
  • images
    ला लिगा : रियलको संघर्षपूर्ण जीत, बार्सिलोना उपाधी नजिक
    images

     एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई १-० गोलले हराएको छ ।


    images
    images

    रियललाई घरेलु मैदानमै गेटाफेलाई हराउन हम्मेहम्मे पर्‍यो ।  खेलको ७०औं मिनेटमा रियलका लागि एकमात्र गोल मार्को एसेन्सियोले गरे ।

    जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले ३४ खेलबाट ७१ अंक जोडेको छ । यद्दपि, यो सिजन रियलले उपाधि जित्ने सम्भावना अत्यन्तै कम छ । यो सिजन बार्सिलोनाले उपाधी जित्ने निश्चित जस्तै छ । 

    बार्सिलोनाभन्दा रियल ११ अंकले पछाडि छ । बार्सिलोनाले ३३ खेलबाट ८२ अंक जोडेको छ । आइतबार (आज) हुने ‘डर्बी भिडन्त’ मा स्पान्योललाई हराउन सके बार्सिलोनाले ला लिगाको उपाधि जित्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार