शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

आईपीएल : मुम्बईमाथि रोमान्चक जित निकाल्दै लखनऊ प्लेअफ नजिक

आईपीएल : मुम्बईमाथि रोमान्चक जित निकाल्दै लखनऊ प्लेअफ नजिक

साझा पोष्ट
बुधबार, जेठ ३ २०८०
  • images
    आईपीएल : मुम्बईमाथि रोमान्चक जित निकाल्दै लखनऊ प्लेअफ नजिक
    images

    एजेन्सी । आईपीएल अन्तर्गत गएराती भएको रोमाञ्चक खेलमा लखनऊ सुपर जायनट्सले मुम्बई इन्डियन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । 


    images
    images

    जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनाउन सक्यो । मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशन ५९ र रोहित शर्माले ३७ बनाउदै पहिलो विकेटका लागि ९० रनको साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् ।
    मुम्बईलाई अन्तिम ६ बलमा जितको लागि ११ रन चाहिँएको थियो । तर लखनउका बलर मोहसिन खानले उत्कृष्ट बलिङ गर्दै मात्रै पाँच रन दिएपछि रोमान्चक जित हात पारेको हो । 

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । लखनऊको जितमा मार्कस स्टोइनिसले ४७ बलमा ४ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रनको उत्कृष्ट नटआउट इनिङ खेले ।

    लखनऊ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल लखनऊले शनिबार कोलकातासँग खेल्नेछ । उक्त खेलमा लखनऊ विजयी भएमा प्लेअफमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नतिजामा भरपर्छ ।

    चेन्नई समान खेल र नतिजाका साथप १५ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेकोछ ।

    मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंक जोेड्दै चौथो स्थानमा छ । मुम्बईले अन्तिम खेल आइतबार हैदराबादसँग खेल्नेछ । उक्त खेलमा विजयीसँगै अन्य टोलीको नतिजामा पनि भरपर्नुपर्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार