शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

स्वास्थ्यमन्त्रीले कारबाही नगरे महानगरका ६८ अस्पताल प्रशासन बन्द गरिदिने मेयर बालेनको चेतावनी

स्वास्थ्यमन्त्रीले कारबाही नगरे महानगरका ६८ अस्पताल प्रशासन बन्द गरिदिने मेयर बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार विपन्न  वर्गलाई दिनुपर्ने निस्शुल्क सेवा कार्यान्वयन नगरे महानगरका अस्पताल बन्द गर्ने चेतावनी दिएका छन्। मेयर बालेनले गएको जेठ ६ गते विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने कानुनी व्यवस्था अनुसार आफ्नो महानगर क्षेत्रभित्रका अस्पताललाई उपचारका लागि आउने लक्षित वर्गका बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्न निर्देशन दिएका थिए।

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    स्वास्थ्यमन्त्रीले कारबाही नगरे महानगरका ६८ अस्पताल प्रशासन बन्द गरिदिने मेयर बालेनको चेतावनी
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार विपन्न  वर्गलाई दिनुपर्ने निस्शुल्क सेवा कार्यान्वयन नगरे महानगरका अस्पताल बन्द गर्ने चेतावनी दिएका छन्।


    images
    images

    मेयर बालेनले गएको जेठ ६ गते विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने कानुनी व्यवस्था अनुसार आफ्नो महानगर क्षेत्रभित्रका अस्पताललाई उपचारका लागि आउने लक्षित वर्गका बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्न निर्देशन दिएका थिए।

    सोही अनुसार महानगरले अस्पतालहरूसँग छुट सुविधासम्बन्धी विवरण माग गरेको थियो। जसमा  ६८ वटा स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको पनि उनले बताएका छन्।

    मेयर बालेनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर उनले ७ दिनभित्र त्यस्ता अस्पताललाई कानुनी दायरामा नल्याए अस्पताल बन्द गर्न बाध्य हुने चेतावनी उनले दिएका हुन् ।

    'यदि मन्त्रीज्यूले ७ दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ,' उनले भनेका छन्।

    balen_minister1685507455.JPG

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार