शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

प्रधानमन्त्रीको भारत भ्रमणः गंगा दाहालको अस्वाभाविक उपस्थिति, मन्त्री र सचिवहरु छायाँमा

प्रधानमन्त्रीको भारत भ्रमणः गंगा दाहालको अस्वाभाविक उपस्थिति, मन्त्री र सचिवहरु छायाँमा

जताततै छोरी गंगा नै गंगा 

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    प्रधानमन्त्रीको भारत भ्रमणः गंगा दाहालको अस्वाभाविक उपस्थिति, मन्त्री र सचिवहरु  छायाँमा
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा छन्, भ्रमण सकेर उनी शनिवार स्वदेश फर्कनेछन् । शुक्रवार विहान उनले पत्रकारसँग आप्नो भ्रमण सफल र फलदायी भएको बताए । प्रधानमन्त्रीको भमणका बारेमा विभिन्न विश्लेषण भैरहेका छन् ।


    images
    images

    प्रधानमन्त्री भारत भ्रमणमा रहँदा नेपालमा भने एउटा विषयले निकै चर्चा पाईरहेको छ, त्यो हो प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरीको उपस्थिति । भ्रमण टोलीमा परराष्ट्रमन्त्रीसहित पाँच जना, मुख्यसचिवदेखि सचिवसम्मका उच्च वरियताका व्यक्तिहरु छन । तर महत्वपूर्ण भेटवार्ता तथा बैठकमा उनको उपस्थिति देखिन्छ । त्यसो त भ्रमणमा गंगा दाहाललाई 'फस्ट लेडी'को हैसियत छ । तर जुन बैठक र छलफलमा उनी उपस्थित भएकी छन, त्यसका बारेमा प्रश्न उठिरहेको छ ।  प्रधानमन्त्रीको सचिवालयकी सदस्य गंगा दाहाल जताततै देखिँदा मन्त्री र सचिवहरू भूमिकाविहीन जस्तै भए । 

    pm_murmu_11685621327.jpg

    नयाँ दिल्ली पुगेपछि प्रधानमन्त्री प्रचण्डले पहिलो भेटवार्ता भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग गरे । प्रचण्डलाई भेट्न डोभल उनी बसेको होटल मौर्यमा विदेश सचिव विनयमोहन क्वात्रा सहित पुगेका थिए । जब यो भेटवार्ताको तस्वीर प्रधानमन्त्रीको सचिवालयका तर्फबाट सार्वजनिक भयो, त्यो आफैमा आश्चर्य लाग्दो थियो । किनकी डोभल विदेश सचिव क्वात्रालाई लिएर  प्रचण्डलाई भेट्न पुग्दा प्रचण्डको साथमा छोरी गंगा दाहाल मात्र थिईन् । त्यसपछि नेपालमा अनेकौं टिका टिप्पणी भए र धेरैले सामाजिक सञ्जालमा सोधे, परराष्ट्रका अधिकारी खोई, अनि गंगा दाहाल किन ? 

    ganga 11685702672.jpg
    नेपालमा भैरहेको टिका टिप्पणीले गंगा दाहालको यस्तो उपस्थितिमा कम हुन्छ र यस्ता तस्बिर देख्न पाइँदैन होला भन्ने शायद आलोचक र सुझाव दिनेहरुको थियो होला । तर गंगा दाहालको अस्वाभाविक उपस्थिति रोकिएन । 
    दोभलसँग मात्रै होइन, अन्य थुप्रै तस्बिरमा गंगाको अस्वाभाविक उपस्थिति देखिन्छ । भारतीय राष्ट्रपति दौपर्दी मुर्मु, उपराष्ट्रपति जगदीप धनखरसँगको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपालका मन्त्रीहरू भन्दा पनि माथिल्लो हैसियतमा गंगाको उपस्थिति देखिन्छ ।  प्रधानमन्त्री मोदी र प्रचण्डको संयुक्त तस्बिर र प्रचण्डले भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दा पनि उनकै उपस्थिति छ । भ्रमण दलका मन्त्रीसहितको अरु सदस्य कता छन अत्तोपत्तो छैन । गंगा दाहालको अस्वाभाविक उपस्थितिलाई भ्रमणमै रहेका परराष्ट्रका अधिकारीहरुले राम्रो मानेका छैनन, तर बोल्न भने सकेका छैनन । भ्रमणमा रहेका एक अधिकारी भन्छन–  तर कसले रोक्ने ? '

    ganga_21685702691.jpg

    कुटनीतिक मामिलाका जानकारहरुले गंगा दाहालको उपस्थिति, विभागीय मन्त्री र सचिवको अत्तोपत्तो नहुने अवस्थालाई अशोभनीय भनेका छन् । कुटनीतिक मामिलाका जानकार एवम् राष्ट्र संघका लागि पूर्व नेपाली राजदूत डा. जयराज आचार्य यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कमजोरी देख्छन । ‘ यदि छोरीलाई फर्स्ट लेडी बनाएर लैजानु थियो भने देश र जनतालाई जानकारी किन नगराएको ? ’ आचार्य भन्छन, कसलाई थाहा छ गंगा दाहाल फर्स्ट लेडीका हैसियतमा गएकी हुन भनेर ? अहिले प्रश्न त्यसै उठेको होईन ।’ प्रधानमन्त्रीले पहिले नै सबैलाई सूसुचित गरेर लगेको भए हुने थियो भन्ने उनको टिप्पणी छ । तर कतिपय बैठकमा बस्नुपर्ने मन्त्रीहरु  र सचिव भन्दा देखिएको उनको उपस्थितिलाई राम्रो मान्न नसकिने आचार्यले टिप्पणी गरे । 

    ganga_31685702709.jpg

    एक जना पूर्व राजदूतले नाम उल्लेख नगर्ने शर्तमा भने,प्रधानमन्त्रीको छोरी भनेर मान दिएको होला, तर बुझ्नु पर्नेले कुरा नबुझे पछि समस्याका रुपमा यो देखियो, जुन शोभनीय भएन । '
    कुटनीतिक मामिलामा जानकारहरुले यसलाई कुटनीतिक ढंगबाट हेरेका छन भने कतिपयले यसलाई शक्तिको दुरुपयोगका रुपमा पनि टिका टिप्पणी गरिरहेका छन् । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार