शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

चीनलाई प्रधानमन्त्री प्रचण्डको सन्देश–छिट्टै बेइजिङ आउँछु

चीनलाई प्रधानमन्त्री प्रचण्डको सन्देश–छिट्टै बेइजिङ आउँछु

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    चीनलाई प्रधानमन्त्री प्रचण्डको सन्देश–छिट्टै बेइजिङ आउँछु
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जुलाई अन्तिम वा अगस्ट पहिलो साता चीन भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन्। गत जेठ ५ देखि १८ सम्म चीनको भ्रमणमा रहेको पार्टी प्रतिनिधिमण्डको टोलीमार्फत प्रचण्डले  सन्देश चीन पठाएका हुन्। 
    माओवादी उपाध्यक्ष समेत रहेका पूर्वसभामुख अग्नि सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको टोलीले प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे सन्देश चीनसमक्ष पुर्‍याएको हो। 


    images
    images

    बिहीबार साँझ नेपाल आइपुगेको सो टोलीको भ्रमणबारे जानकारी दिँदै शुक्रबार उपाध्यक्ष सापकोटाले चीन भ्रमणको सन्देशबारे जानकारी गराएका हुन्। चीन उड्नुअघि प्रधानमन्त्रीलाई भेटेको भन्दै उनले भने, ‘के सन्देश छ त भनेर सोधे भने मैले उहाँहरुलाई के भनौं भनेर सोध्दा जुलाइ लास्ट वा अगष्टको फस्टतिर चीन भ्रमणको सम्भावना छ ।’

    उनले अघि भने, ‘दोस्रो, बीआरआई अन्तरगत अहिले सस्तो ब्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा भए विकास निर्माण अगाडि बढाउन सजिलो हुन्छ भन्ने थियो ।’यही सन्देश आफूले चिनियाँ नेताहरुसँग राखेको उनले बताए । चिनियाँ नेताहरुले हुन्छ त नभनेको, तर मन्त्रीले माथि भन्छौं भनेकाले सकारात्मक मानेको सापकोटाले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार