शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

इन्डो-नेपाल करातेको पहिलो दिन नेपाललाई ६ स्वर्ण

इन्डो-नेपाल करातेको पहिलो दिन नेपाललाई ६ स्वर्ण

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    इन्डो-नेपाल करातेको पहिलो दिन नेपाललाई ६ स्वर्ण
    images

    काठमाडौं ।  नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण नेपाली खेलाडीले जितेका छन् । नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु(काइ कराते डो संघको प्राविधिक सहयोगमा सन्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनी तौलसमूहमा शिवपूरी डोजोका अरुण तामाङले स्वर्ण जिते  । फाइनलमा उनले आईपीएसका सुसन तामाङलाई हराए ।


    images
    images

    २५ केजीमूनि तौलसमूहमा शिवपुरीकै ड्यानिएल तामाङले स्वर्ण जित्ने क्रममा आईपीएसका सुशन चौलागाइंलाइ पराजित गरे  । ३० केजी तौलसमूहमा दि चान्दबाग स्कुलका आरोग्य पौडेललेलुम्बिनी एकेडेमीका शौरभ चौधरीलाइ स्वर्णपदक जिते । 

    पुरुषकै ४० केजीमूनि तौलसमूहमा मित्रपार्क डोजोका श्रीयश शाहीले  फाइनलमा आफ्नै डोजोका प्रयास शाहीलाइ पराजित गरे । पुरुष कातातर्फ मित्रपार्क डोजोका खेलाडीको बर्चश्व रह्यो । सक्षम लामाले स्वर्ण,  निश्चल राइले रजत र श्रीयस शाहीले कांस्य जिते ।  सीएमएसका पुजन तामाङले पनि कांस्य जिते ।  ।

    महिला कातातर्फ आयोजक नेशनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्ण जितिन। चान्दबाग स्कुलकी अंशु गुरुङले रजत तथा आइपीएसकी सलिना लामा र आयोजक नेशनलकी दिनिका राइले कांस्य जिते ।

    महिला कुमुतेतर्फ ४० केजीमूनि लुम्बिनी एकेडेमीकी प्रेशा राईले स्वर्ण जितिन् । उनले फाइनलमा नेशनल युनाइटेडकी कुन्साङ राईलाई हराइन् । लुम्बिनीका पुजना राई र जिनियस वर्ल्ड स्कुलकी निनिशा हमालले कास्य जिते ।

    हात्तिगौंडास्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा आयोजित प्रतियोगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका गरै २५० भन्दा बढी खेलाडीहरु सहभागी छन् ।प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बाँकी स्पर्धाको खेलहरु शनिबार सम्पन्न हुनेछन।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार