बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

मोडल दीपाशा बीसीले गरिन् आत्महत्या

मोडल दीपाशा बीसीले गरिन् आत्महत्या

साझा पोष्ट
शुक्रबार, कात्तिक २४ २०८०
  • images
    मोडल दीपाशा बीसीले गरिन् आत्महत्या
    images

    काठमाडौं । मोडल तथा अभिनेत्री दीपाशा बीसीको निधन भएको छ । बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा २८ वर्षको उमेरमा निधन भएको हो । 
    निकट स्रोतका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले बुधवार राति अस्पताल पुर्याएका थिए ।विहीवार दिउँसो डाक्टरले मृत घोषित गरेका बताइएको छ । सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ ।


    images
    images

    केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन् ।
     अविवाहित बीसीले दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली सिनेमामा पनि अभिनय गरेकी छन् ।

    लोकदोहोरी म्यूजिक भिडियोमा निकै व्यस्त रहँदै आएकी बीसी ‘जलपरी’ नामले समेत परिचित थिइन् । ‘दुलही रानी’बाट दीपाशाले २०६८ डेब्यू सिनेमा रिलिज भएको थियो । यससँगै उनले ‘बिरानो माया’, ‘झेली’ लगायतका सिनेमामा पनि अभिनय गरेकी थिइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार