आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

बालकुमारीमा ज्यान गुमाउने सुजनलाई गोली नलागेको पाईयो 

बालकुमारीमा ज्यान गुमाउने सुजनलाई गोली नलागेको पाईयो 

साझा पोष्ट
शुक्रबार, पुस १३ २०८०
  • images
    बालकुमारीमा ज्यान गुमाउने सुजनलाई गोली नलागेको पाईयो 
    images

    काठमाडौं । बालकुमारी झडपमा मृत्यु भएका सुजन रावतलाई प्रहरीको गोली नलागेको पाइएको छ । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले राउतलाई गोली नलागेको जानकारी दिएका हुन् । 


    images
    images

    उनका अनुसार १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । ‘मेडिकल टिमले सीपीआर गर्यो, सफल नभएपछि १ः१७ मा मृतघोषणा गरिएको छ’ पाठकले भने, ‘छातीमा नीलो रंगको डाम छ ।’मृत्युको कारण के हो भन्ने प्रश्नमा उनले अटोप्सी नगरी केही भन्न नसक्ने बताए । यद्यपि अस्पतालमा ल्याउँदा अचेत रहेको र छातीमा डाम पहिचान गरेको उनले बताए ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप हुँदा प्रहरीले अश्रु ग्यास हानेपछि अचेत भेटिएका रावतलाई किस्ट अस्पताल लगिएको थियो र त्यहाँ उनको मृत्यु भएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार